Logo
३१ असार २०८२, मंगलबार
(January 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनसभालाई सम्बोधन गर्न धनगढी आइपुगे प्रधानमन्त्री ओली

जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । श्री एअरलाइन्सको जहाजबाट केही बेरअघि ओलीधनगढी आइपुगेका हुन्।

प्रधानमन्त्री ओली केही बेरअघि धनगढी आइपुगेका हुन्।प्रधानमन्त्री ओली विमानस्थलबाट सिधै नेपाल राष्ट्र बैंक धनगढी जानेछन्। केहीबेर त्यहाँ विश्राम गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

त्यसपछि दिउँसो उक्त बैंकबाट नजिकै रहेको धनगढी खुलामञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

ओलीसहित नेपाल सरकारका केही मन्त्री र ओली पक्षका नेताले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।आमसभाका लागि ओली समर्थक कैलाली र कञ्चनपुरबाट नेता तथा कार्यकर्ता धनगढी पुगेका छन्।

धनगढीमा उनलाई स्वागत गर्न आपूर्तिमन्त्री लेखराज भट्टलगायत पुगेका थिए । तर, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्ट पुगेनन् ।

प्रतिनिधि सभा भंग गरेपछि पहिलोपटक प्रधानमन्त्री ओली काठमाडौं उपत्यकाबाहिर गएका हुन्। सूदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रचण्ड-नेपाल समूहका भएकाले पनि ओलीको धनगढी यात्राका क्रममा तनाव हुन सक्ने अनुमान गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ।

विमानस्थलमा तालिम प्राप्त कुकुरसहित सेना परिचालन गरिएको थियो भने धनगढीका चोक चोकमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ।

प्रधानमन्त्री ओली नेतृत्वको दलले सुदूरपश्चिममा बुधबार भेला गरेर प्रदेश कमिटीसमेत विस्तार गरेको थियो। सुदूरपश्चिमका ईञ्चार्ज भीम रावललाई कारवाही सिफारिस गर्दै प्रदेश कमिटी विस्तार भएको थियो।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका विद्यार्थीहरूले शुक्रबार धनगढीमा टायर बालेर प्रदर्शन गरेका छन्।

प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्चनजिक अनेरास्ववियूका कार्यकर्ताले शुक्रबार बिहान टायर बालेका हुन्। अनेरास्ववियूका एक नेताले प्रधानमन्त्री ओलीलाई ६ ठाउँमा कालोझन्डा देखाउने कार्यक्रम रहेको बताए।

 

 

 

प्रकाशित मिति: Jan 8, 2021

प्रतिक्रिया दिनुहोस्