Logo
१३ बैशाख २०८१, बिहीबार
(January 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

बोहोराले मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् ।

बोहोराले विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको स्पष्ट पारेका छन् ।

नेकपा विभाजन हुँदा केपी शर्मा ओली समूहमा लागेका उनी ओली समूहले बनाएको ११९९ सदस्यीय केन्द्रीय कमिटीको सदस्य समेत हुन् ।

ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई हालै मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए ।

५३ सदस्यीय प्रदेशसभामा नेकपाका ३९ सांसद थिए । उनीहरुमध्ये ७ जना ओली समूहमा छन् भने अरु प्रचण्ड–माधव समूहमा छन् ।

संसद् विघटनपछि केन्द्रमा देखिएको नेकपा विभाजन राजनीतिको प्रभाव अहिले प्रदेशमा पनि देखिएको छ ।

 

प्रकाशित मिति: Jan 6, 2021

प्रतिक्रिया दिनुहोस्