Logo
१५ चैत्र २०८०, बिहीबार
(January 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनाको विभिन्न ११ पदमा भर्ना खुल्यो

नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुलाएको छ ।

भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमलदार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सूचिकार, कुचीकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सय पदहरूमा दरखास्त आह्वान गरेको हो ।

नारायणहिटी उत्तरतर्फको गेट नेपाल क्याभलरीको खेल मैदानमा दरखास्त फारम वितरण र सङ्कलनको व्यवस्था मिलाइएको छ ।

दरखास्त दिने अन्तिम मिति माघ २१ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म दरखास्त बुझाउन सकिने जङ्गी अड्डाले जनाएको छ ।

सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाही पदमा ९६ जनाका लागि दरखास्त आह्वान गरिएको छ । यसै गरी अमलदार कर्मचारी पदमा ५३ र लेखा जमदार पदमा ५० जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

लेखा जमदारका लागि दरखास्त दस्तुर तीन सय, पुजारी हुद्दा र अमलदार कर्मचारी पदका लागि दुई सय रुपैयाँ तोकिएको छ । अन्य पदमा १ सय शुल्क बुझाएर दरखास्त दिन सकिने छ ।

 

 

 

प्रकाशित मिति: Jan 5, 2021

प्रतिक्रिया दिनुहोस्