Logo
५ जेष्ठ २०८१, शनिबार
(January 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेरिसडाँडामा नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक

नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक जारी रहेको छ ।

बैठक पेरिसडाँडामा जारी रहेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । पार्टी विभाजनपछि यो समूहको स्थायी कमिटी बैठक पुस ९ मा बसेको थियो ।

त्यसपछि पुस १४ मा देशभर प्रदर्शन गरेको यो समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम शनिबार घोषणा गरिसकेको छ ।सोही विषयमा छलफल हुने बताइएको छ ।

यो समूहले संसद पुनर्स्थापना र नेकपाको वैधानिकताको लागि दबावमुलुक संघर्षको कार्यक्रम गरिरहेको छ ।संसद् विघटन नेकपा दुई खेमा बनेको छ । नेकपाका दुबैसमुह अहिले दिनहु बैठक र भेलामा नै केन्द्रीत भएको देखिन्छ । साथै बैठक र भेलामा दुवै समुहले एकअर्काको खरो आलोचनामा उत्रिएका छन् ।

प्रकाशित मिति: Jan 3, 2021

प्रतिक्रिया दिनुहोस्