Logo
५ जेष्ठ २०८१, शनिबार
(January 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको पक्षमा काठमाडौंमा अनेरास्ववियूको प्रदर्शन

नेकपा ओली समूहका अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको छ ।

संसद् विघटनपछि काठमाडौंमा दिनहु सडकमा प्रर्दशन भइरहेको छ । काठमाडौंका विभिन्न कलेजबाट माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरुले नाराजुलुससहित प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले चालेको कदमको समर्थनमा नारा लगाइएको छ । मण्डलाबाट कार्की ब्याङ्क्वेटसम्म सडक प्रदर्शन भएको थियो ।अनेरास्ववियूको भेला कार्की ब्याङ्क्वेटमा सुरु भएको छ ।

भेला भेलालाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । पार्टी विभाजन पछि ओली लगातार राजधानीमा आयोजना हुने कार्यकर्ता भेलालाई सम्बोधन गरिरहेका छन् ।

संसद् विघटनपछि नेकपा दुइ चिरा भएपछि अहिले दुई समुह आआफ्नो कार्यकर्ता भेला गरी प्रशिक्षण दिनुका साथै एकअर्का विरुद्ध खरो आलोचनामा समेत उत्रिएका छन् ।

प्रकाशित मिति: Jan 3, 2021

प्रतिक्रिया दिनुहोस्