Logo
५ जेष्ठ २०८१, शनिबार
(January 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक मार्गबाट गोप्य रुपमा नेपाल छिरेका ३ चिनियाँको योजना खुल्यो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई एक बनाइराख्न चीनले अझै पनि आफ्ना प्रयास जारी रहेको छ भने नेपाल रहेका उस्का दुतहरु थप सक्रियता बढाएको खुलेको छ ।

औपचारिक रुपमै चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका नेता तथा उपमन्त्री गुओ यचौ ६ सदस्यीय टोली नेपाल आउनु पुर्व केही दिन अघि नै सडकमार्गबाट चिनियाँ टोली नेपाल आइसकेको खुलासा भएको छ ।

उपमन्त्री गुओ यचौको उक्त ६ सदस्यीय टोली ४ दिन नेपाल बस्नुको उद्देश्य पनि नेकपा मिलाउन नै प्रयास गरिनु थियो ।

भारतीय पत्रिका द हिन्दुस्तान टाइम्स तीनजनाको संख्यामा चिनियाँ टोली सडक मार्गबाट नेपाल प्रवेश गरेको खुलासा गरेको हो । कोरोना भाइरसको जोखिमका कारण चीनबाट हवाई उडान बन्द भएकाले उक्तक टोली सडकमार्गबाट उत्तरतर्फबाट प्रवेश गरेको थियो ।

तिब्बत हुँदै नेपाल प्रवेश गरेको टोलीले गोप्य भेटहरु गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । यचौको टोली आइतबाट चाटर्ड विमानबाट आएर बुधबार फर्किएको थियो ।

टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको एउटा पक्षका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, पूर्व सभामुख कृष्णबहादुर महरालगायतलाई भेटेको थियो ।

चिनियाँ दूतावासमा जर्नादन शर्मा र डा. राजन भट्टराईलाई डाकेर एकताको सूत्रबारे छलफल गरेको थियो । यसलाई चीनको देखिएको सक्रियताको रुपमा लिइएको छ ।

तर, चीनले पछिल्लो समय सक्रियता बढाउँदै लगेको छ । नेकपा विवाद मिलाउन पनि छद्म टोली सक्रिय भएको थियो । उक्त टोलीमा जेकुन लाई, डोङमे हुआङ र योङलिङ चोङ थिए ।

उनीहरुले गोप्य रुपमा नेपालका राजनीतिक दलका नेतासँग सम्पर्कमा रहेर काम गर्दै आएका थिए । हिन्दुस्तान टाइम्सले उनीहरु गोप्य रुपमा पाछाडिबाट काम गर्दै आएको खुलासा गरेको छ ।

नेपालका राजनीतिक दल र नेताहरुमाथि प्रभाव बनाउन उनीहरुलाई योजनावद्ध तरिकाले तयार गरेर गोप्य रुपमा सक्रिय बनाइएको थियो ।

पछिल्लो समय भारतीय लाइनले ओलीलाई साथ दिदै नेकपालाई अलग्याउन खोजेको देखिन्छ भने चीनीयाँ लाइनले नेकपालाई एकता बनाएर राख्न खोजेको देखिएको छ ।

प्रकाशित मिति: Jan 3, 2021

प्रतिक्रिया दिनुहोस्