गायक सुरज कलाखेतीको ‘छाडी जाने मायालु’ गीतको भिडियो सार्वजनिक
गायक सुरज कलाखेतीको शब्द संगीतमा रहेको ‘छाडी जाने मायालु’गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा गायक दीपेन्द्र तमत्ताले आवाज दिएका छन् भने एरेन्ज रोमन बज्रचार्यको रहेको छ ।भिडियोमा बर्तमान अवस्थाको प्रेमिल जोडीको विषय वस्तु चित्रण गरिएको छ ।
गीतको म्यूजिक भिडियोमा मोडल समिप तामाङ र शीर्षक भन्डारीको मुख्य अभिनय रहेको छ भने निबि श्रेष्ठ र हिरा श्रेष्ठले सहायक भूमिका निवार्ह गरेका छन् ।
भिडियोको डिरेक्सन मोडल स्वयमले गरेका छन् । साँचो मायालाई लत्याएर क्षणिक आकर्षणको मायामा पछि लाग्दा आउने दुखद परिणामलाई प्रस्ट्याईएको छ ।
यस गीत गायक तमत्ताले आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् ।
हेर्नुहोस् भिडियो :