Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध अशोभनीय तथा अराजक नाराबाजी गर्नेलाई कारबाहीको माग

प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध अशोभनीय तथा अराजक नाराबाजी गर्नेलाई कारबाहीको माग गर्दै अनेमसंघले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेकपा ओली पक्षको अखिल नेपाल महिला संघले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गाली गलौज गर्नेहरुविरुद्ध कानुनी कारबाहीको माग गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिमाथि अशोभनीय र अमर्यादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।

साथै थापाले सम्बन्धित निकायलाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको बताएका छन् । लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानवीय, अमर्यादित, अशोभनीय तथा अराजक अभिव्यक्ति आएको अनेमसंघले जनाएको छ ।

 

 

प्रकाशित मिति: Jan 3, 2021

प्रतिक्रिया दिनुहोस्