Logo
८ बैशाख २०८१, शनिबार
(January 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धम्काएर भाग्दै गरेका दुईजना भारतीयहरु पेस्तोल सहित पक्राउ

प्रदेश २ स्थित केहि स्थानीयसँग हतियार देखाउँदै विवाद गरेर भाग्दै गर्दा महोत्तरीबाट अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक फक्राउ परेका छन् ।

मादक पदार्थ सेवन गरी महोत्तरीको मनरा सिसवा नगरपालिका १० मरुवाहीमा स्थानीयसँग तिनि दुबैजनाले विवाद गरेका थिए ।

भारतको सितामढी बासबिट्टी बस्ने १९ वर्षीय मुकेशकुमार मण्डल र १५ वर्षीय राजकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो ।

विवाद पश्चात भाग्ने क्रममा दुवै जनालाई हतियारसहित नियन्त्रणमा लिएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।

दुबैजनाको साथबाट १ थान लोडेड सेमि अटोमेटिक पेस्तोल र १ थान स्प्रिङ चक्कु बरामद भएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jan 3, 2021

प्रतिक्रिया दिनुहोस्