Logo
५ जेष्ठ २०८१, शनिबार
(January 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली पक्षको आज कार्की ब्याङ्क्वेटमा बृहत कार्यकर्ता भेला

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाले आज काठमाडौंको कार्की ब्याङ्क्वेट बबरमहलमा बृहत कार्यकर्ता भेला गर्दै छ ।

भेला कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा १२ बजेका लागि तय गरिएको छ । अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा आयोजित उपत्यका स्तरीय भेलालाई प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सम्बोधन गर्ने तय भएको छ ।

यस्तै रामबहादुर थापा बादल, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको अनेरास्ववियुले जानकारी दिएको छ ।
संसद विघटनपछि नेकपा दुई टुक्रा भएको छ ।

दुई टुक्रा बनेको नेकपाका दुई समूहमा अहिले भेला, सम्मेलन गर्ने कार्यक्रममा होडबाजीनै चलेको छ । कार्यकर्तालाई आफ्नो पक्षमा पार्न ओली समूह र दाहाल-नेपाल समूहले देशभर विभिन्न भेला तथा सम्मेलनको आयोजना गरी कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् ।

अहिले नेकपा आ-आफ्नो समुह भेला गर्दै एक अर्काविरुद्ध खरो आलोचना उत्रिएका छन् । नेकपाको केन्द्रीय तहको विवादको असर स्थानिय तहसम्म देखिन थालेको छ ।

 

प्रकाशित मिति: Jan 3, 2021

प्रतिक्रिया दिनुहोस्