Logo
५ जेष्ठ २०८१, शनिबार
(January 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट पुनः बस्दै छ ।

एक साताभन्दा बढी समय स्थगित गरिएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट पुनः सुरु हुन लागेको हो । बैठक आज दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्दै छ ।

संसद विघटन भएपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले पुस ७ गतेदेखि केन्द्रीय समिति बैठक सुरु गरेको थियो । सो बैठक १० गतेदेखि स्थगित गरिएको थियो ।

आजको बैठकमा संसद विघटनबारे बोल्न बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने कांग्रेसले जनाएको छ ।

यसअघिको बैठकमा केन्द्रीय सदस्यहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए तर सभापति शेरबहादुर देउवा भने संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले आन्दोलनमार्फत् अदालतलाई दबाब दिन नहुने पक्षमा छन् ।

 

प्रकाशित मिति: Jan 3, 2021

प्रतिक्रिया दिनुहोस्