Logo
५ जेष्ठ २०८१, शनिबार
(January 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनाव चिह्न ‘सूर्य’ मैले नेतृत्व गरेको नेकपाकै हुन्छ, संसद् पुनःस्थापना हुन सक्दैन : प्रधानमन्त्री

नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नै पार्टीको आधिकारिक पहिलो अध्यक्ष रहेकाले पार्टीको नाम नेकपाको चुनाव चिह्न ‘सूर्य’ हुनेमा निश्चिन्त रहन कार्यकर्तालाई आग्रह गरेका छन् ।

ओलीले  देश अब चुनावमा गइसकेको र संसद् पुनःस्थापना हुन नसक्ने हुनै नसक्ने जिकीरगर्दै आफूले करिब ६४ प्रतिशत जनमतको प्रतिनिधित्व गरेकाले संसद् विघटनको प्रस्तावउपर अदालतले पुनःस्थापनाको फैसला गर्न नसक्ने बताए ।

उनले लोकतन्त्र, संविधान, स्थिरता र स्थायित्व कमजोर हुने निश्चित देखेपछि प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनमा जान लागिएको बताए ।

“उहाँहरु (प्रचण्ड–माधव)केन्द्रीय कमिटीमा बहुमतको कुरा गर्दै पार्टीको नाम र चुनाव चिह्न आफ्नो भन्दै हिँड्नुभएको छ”, उनले प्रश्न गर्दै भने, “कहिलेको महाधिवेशनबाट उनीहरु बहुमतमा पुग्नुभयो?” उनले प्रचण्ड-माधव समूहका नेताहरुको बहुमतले पार्टी नाम र चुनाव चिह्नका बारेमा कुनै अर्थ नराख्ने जिकिर गरे ।

उनले आफू नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका बारेमा छिमेकी मुलुकका प्रधानमन्त्री र राष्ट्रपतिसमेत जानकार हुँदा आफैँ पार्टीका नेताले राष्ट्रिय आकाङ्क्षाप्रति वैरभाव राखेको आरोप लगाए ।

ओलीले भने “भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपतिले महान् अभियानलाई साकार रूप दिन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो,पार्टीभित्र थाहा नपाएजस्तै गर्नुभयो ।”

“नेपाल अहिले अन्तर्राष्ट्रिय समारोहमा आफ्ना आवाज बुलन्द गर्न सक्ने अवस्था पुगेको छ”, ओलीले थपे ।

ओलीले कोभिड नियन्त्रणमा सरकारले प्रभावकारी पहल गरिरहेको भन्दै कम्बोडियाले जहाज चार्टर्ड गरेर औषधि पठाएर सहयोग गरेको जानकारी दिए । उनले सरकारले विकास र समृद्धिको क्षेत्रमा उल्लेख्नीय काम गरेको भन्दै सरकारले गरेका काम जनतामाझ लिएर जाने बताए।

उनले पार्टी एकता भए पनि पार्टी कामको जिम्मा पाएका द्वितीय अध्यक्षले सङ्गठन सुदृढीकरणमा प्रभावकारी कदम नचाली सरकार असफल गराउने काममै केन्द्रित रहँदा पार्टीमा समस्या आएको बताए ।

यतिबेला नेकपाका नेताहरु आम भेला गराएर एक अर्काविरुद्ध खरो आलोचना गर्दै आएका छन् । ओलीपक्षले दाहाल -नेपाल समुहकोविरुद्ध विरोध गर्दै आलोचना गरेका छन् भने दाहाल -नेपालसमुहले ओलीसमुहको आलोचनामा लागेका छन् तर नेकपाको जुन विवाद छ त्यो स्थानिय तहसम्म पुग्ने खतरा देखिएको छ भने प्रदेश सरकारमा त झन एकदम असर देखिन थालेको छ ।

अहिले कुन समुह पार्टीको आधिकारिक हो र चुनाव चिन्ह सूर्य कस्को हो भन्ने अन्यौल भएको छ । यद्पि दुबै समुहले आफूहरु बहुमत भएको दाबी गरेका छन् र दुबैले सुर्य चिन्न आफ्नो हुन्छ भन्दै आएका पनि छन् तर चुनाव चिन्ह सूर्य कस्को हुन्छ भन्ने निर्वाचन आयोगले तय गर्ने छ । अहिले केही निर्णय गरेको छैन् ।

अहिलेको बर्तमान अवस्थामा नेकपाका कार्यकता पनि कता लाग्ने भन्नेमा नै अन्यौल सृजना भएको छ । यस्तो अवस्थाले नेकपाको राजनीतिक अवस्थामा गम्भीर संकट देखा पर्ने विश्लेषकहरुले विश्लेषण गर्न थालेका छन् ।

प्रकाशित मिति: Jan 3, 2021

प्रतिक्रिया दिनुहोस्