Logo
७ बैशाख २०८१, शुक्रबार
(January 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जातीय भेदभावको सिकार : न्याय माग्न जाजरकोटबाट काठमाडौं

रुकुम पश्चिमको चौरजहारीबाट लखेटी कुटपिट गरी  हत्या गरिएका नवराज विकका आमाबुबा उचित न्याय नपाए पछि न्याय खोज्दै काठमाडौं आएका छन् ।

नवराज विक र उनका अन्य पाँच साथीका आमा-बाबु न्याय खोज्दै काठमाडौं सम्म आएका हुन्

हत्याको घटनामा संलग्नलाई एकपछि अर्को गर्दै रिहा गर्न थालेको भन्दै न्यायको गुहार माग्न काठमाडौं आइपुगेको उनिहको भनाइ छ ।

विहीबार साँझ काठमाडौं आएका उनीहरुले शुक्रबार विहान माइतीघरमा प्रदर्शनसमेत गरेका थिए ।

गत १० जेठ जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले मल्ल थरकी युवती सुष्मालाई बिहे गर्न रुकुम पश्चिमको सोती पुग्दा गाउँलेले लखेटि कुटपिट गरी ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।

मृतक नवराज विकका आमा–बुवा उर्मिला विक र मुनलाल नेपाली, गोविन्द शाहीका आमा भूमिकुमारी, गणेश बुढा मगरका बाबा पदमबहादुर, टीकाराम नेपालीकी आमा लक्ष्मी र सञ्जु विकका आमा सविता पहिलो पटक जाजरकोटबाट काठमाडौं आइपुगेका हुन् ।

उक्त घटनामा पक्राउ परेका ३४ मध्ये जिल्ला अदालत रुकुम पश्चिम र उच्च अदालत सुर्खेतले नवराजकी प्रेमीका र आमासहित छ जनालाई छोडिसकेको छ ।

उच्च अदालतले थप ६ जनालाई छोड्ने विषयमा तीन न्यायाधीशबीच राय बाझिएपछि उक्त मुद्दा सर्वोच्च अदालतमा आइपुगेको छ ।

नवराजका बुवा मुनलालले भने, ‘के हामीले पनि उनीहरुलाई गएर मारौँ अनि धरौटीमा निस्कौँ त्यस्तो गर्न मिल्छ रुदेै आफ्नो दुखेुसो सुनाएका थिए ।

मृतक परिवारका अभिभावकले सबै जना आफ्नो पक्षमा लडिरहेकाले न्यायको आशा चाहिँ बाँकी रहेको बताएका छन् ।

यता भने थुनामा रहेका १७ जना प्रतिवादीले आफूलाई रिहाइ गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।

प्रतिवादीको निवदनको विषयमा पनि सुनुवाइ हुने सर्वोच्चले जानकारी दिएको छ ।

प्रकाशित मिति: Jan 3, 2021

प्रतिक्रिया दिनुहोस्