Logo
५ जेष्ठ २०८१, शनिबार
(January 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली अब नेपालमै बस्न नसकिने अवस्था आउनेछ भने देउवालाई पनि असर पर्नेछ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपि शर्मा ओली अब नेपालमै बस्न नसकिने अवस्था आउने र सभापति शेरबहादुर देउवालाई समेत असर पर्ने बताएका छन् ।

‘कार्यसमितिको बैठमा बोलेको कुरा उदृत गर्दै उनले भने चुनाव नगरेर केपी ओली कसरी नेपालमा बस्न सक्छन् ?, मैले भने, चुनाव नगरेर ओली नेपालमा बस्न नसक्ने परिस्थितिमा जुन आँधीबेहोरी आउँला त्यसले तपाईंलाई पनि बहायो भने के गर्ने?’

उनले अब आउने आँधीवेरीले पार्टी सभापति देउवालाई समेत बहाउन सक्ने चेतावनी दिएका हुन्। पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा सभापति देउवालाई उक्त चेतावनी दिएको उनले दाबी गरेका छन् ।

आफूले पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा आन्दोलनमा जानुपर्छ भनेको बताए। ‘मैले त्यही बेला कार्यसमितिमा भनेको छ। हेर्नुस्, आँधीबेरी त आउनैपर्ने छ भने अहिल्यै यसलाई बचाउन पर्‍यो नि,’ उनले भने।

नेपाली कांग्रेस कास्कीले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित प्रवचनमा बोल्दै पौडेलले पार्टी भित्रकै साथीहरुले अहिले धेरै बोल्न हुँदैन भनेको उनले बताए।

संविधान जोगाउनका कांग्रेसले सबै किसिमका प्रयास गर्नुपर्ने उनको भनाइ छ। पार्टीभित्र एकमत हुनका लागि पनि एकताका आधार संविधान र लोकतन्त्र भएको उनले बताए।

प्रकाशित मिति: Jan 1, 2021

प्रतिक्रिया दिनुहोस्