Logo
५ जेष्ठ २०८१, शनिबार
(January 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभाको अधिवेशन सुरु हुनुअघि गौतम पुगे दाहाललाई भेट्न खुमलटार

राष्ट्रियसभाको अधिवेशन सुरु हुनुअघि नेकपा दाहल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल र बामदेव गौतमबीच खुमलटारमा भेटर्वाता भएको छ ।

राष्ट्रियसभाको अधिवेशन सुरु हुनुअघि गौतम दाहाललाई भेट्न खुमलटार पुगेका हुन् । नेकपाका राष्ट्रियसभा सदस्यहरुले बैठकमा प्रतिनिधिसभा विघटनको बारेमा कुरा उठाउने तयारी गरेसँगै गौतमले दाहालसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै तटस्थ रहेका उपाध्यक्ष बामदेव गौतम आज दाहालसँग भेटर्वाता गर्न खुमालटार पुगेका हुन ।

दाहाल निवास खुमलटारमा शुक्रबार भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बताइएको छ ।

नेकपाको तत्कालीन ९ सदस्यीय सचिवालयमध्ये महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा प्रधानमन्त्री ओलीको समूहमा छन् ।

पूर्वमाओवादीका रामबहादुर थापा केही दिनको अन्यौलपछि ओली समूहमा लागि सकेका छन् ।संसद् विघटन भएपछि पहिलो पटक सङ्घीय संसद्को एक मात्र सदनको अधिवेशन अपराह्न ४ बजेबाट प्रारम्भ हुन लागेको छ ।

प्रकाशित मिति: Jan 1, 2021

प्रतिक्रिया दिनुहोस्