Logo
५ जेष्ठ २०८१, शनिबार
(January 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभाको एक्लो अधिवेशन आजबाट शुरु हुने

राष्ट्रिय सभाको एक्लो अधिवेशन आज अपराह्न ४ बजेबाट प्रारम्भ हुने भएको छ ।

संसद् विघटन भएपछि पहिलो पटक सङ्घीय संसद्को एक मात्र सदनको अधिवेशन अपराह्न ४ बजेबाट प्रारम्भ हुन लागेको हो ।

अधिवेशनबिचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आजदेखि अधिवेशन प्रारम्भ हुदै छ ।

बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र राष्ट्रिय सभा अध्यक्षले पढेर सुनाउने, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।

यस्तै राष्ट्रिय सभाका अध्यक्षबाट जारी भएको राष्ट्रिय सभाका समितिहरूको गठन सम्बन्धी आदेश २०७७ अनुमोदनका लागि पेस हुनेछ भने अधिवेशनको पहिलो बैठक भएको हुनाले संसदीय दलका नेताहरूले मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

सङ्घीय संसद् सचिवालयले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ भने अधिवेशन प्रारम्भको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरेको छ ।

बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सम्भावित कार्यसूची तय गरेको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी(पहिलो संशोधन) अध्यादेश २०७७, गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय)(पहिलो संशोधन) अध्यादेश २०७७ पेस गर्नेलगायतका सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति: Jan 1, 2021

प्रतिक्रिया दिनुहोस्