Logo
५ जेष्ठ २०८१, शनिबार
(December 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक छ : पूर्वराष्ट्रपति यादव

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्रतिनिधिसभा विघट गर्ने कदम एकदमै असंवैधानिक भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने बताएका हुन् ।

यसले देश झन् अनिश्चितताको बाटोमा गएको यादवको विश्लेषण रहेको छ । यादवले अब आशा र भरोसाको संस्था अदालतबाट न्याय हुनेमा अरु लोकतन्त्रवादी जस्तै आफू पनि आशावादी रहेको बताएका छन् ।

यादवले नेपालको राजनीतिक अवस्थाबारे अन्तर्राष्ट्रिय ध्यान केन्द्रीत भएको भन्दै यस्तो अवस्थामा लोकतान्त्रिक संस्थाहरुले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नुपर्ने बताए ।

२०३३ सालमा बीपी कोइराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै यादवले अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताए ।

भू-राजनीतिक, समसामयिक अवस्थालाई चिन्तन गरी स्वस्थ विदेश नीति नल्याए राष्ट्रको जर्गेना गर्न अप्ठ्यारो पर्ने यादवको भनाइ रहेको छ ।

प्रकाशित मिति: Dec 31, 2020

प्रतिक्रिया दिनुहोस्