Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौलिक पर्वले आपसी सद्भाव र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिन्छ : राउत

मुख्यमन्त्री लालबावु राउतले शुभकामना दिदैँ नेपालका विविधतायुक्त मौलिक पर्वले देशवासीमा आपसी सद्भाव, हार्दिकता र सहिष्णुतासहितको समतामूलक समाज निर्माणमा उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राउतले किरात समुदायको उधौली पर्व, गुरुङ समुदायको तमु ल्होसार, नेवार समुदायको योमरीपुन्ही र हिन्दू धर्मालम्बीको धान्य पूर्णिमाका अवसरमा शुभकामना दिएका छन् । ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको शुभकामना विज्ञप्तिमा नेपालका विविधतायुक्त मौलिक पर्वले देशवासीमा आपसी सद्भाव, हार्दिकता र सहिष्णुतासहितको समतामूलक समाज निर्माणमा उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति: Dec 30, 2020

प्रतिक्रिया दिनुहोस्