Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होन्डा साइनले बनायो नयाँ रेकर्ड, ९० लाख बिक्री

होन्डाको बाइक साइनले नयाँ रेकर्ड बनाएको छ । भारतीय बजारमा १२५ सीसी मोटरसाइकल सेगमेन्टमा साइनले ९० लाख युनिट बिक्री भएर नयाँ रेकर्ड कायम गरेको हो ।

होन्डा साइन बाइक निकै लोकप्रिय रहेको छ । होन्डाको लोकप्रिय कम्युटर बाइक साइनले एक नयाँ बेन्चमार्क स्थापित गरेको छ । भारतमा सो बाइक सन् २००६ मा लन्च गरिएको थियो ।

कम्पनीका अनुसार होन्डा साइनले १२५ सीसी सेगमेन्टको बाइकमा ३० प्रतिशत बजार हिस्सा ओगटेको छ ।

नोभेम्बर २०१९ मा होन्डा साइन ७५ हजार १४४ युनिट बिक्री भएको थियो । सो बाइकको बिक्री २०२० नोभेम्बरमा ९४ हजार ४१३ युनिट बिक्री भएको थियो ।

सो बाइक लन्च गरेको ५४ महिनामा नै १० लाख युनिट बिक्री गरेको थियो । सन् २०१८ मा सो बाइकको बिक्री ७० लाख युनिट पुगेको थियो ।

समय क्रममा सो बाइकमा केही सुधार समेत गरिएको छ । नयाँ अवतारमा साइन बाइक बीएस६ नर्म्स भएको १२५ सीसी पीजीएम-एफआई एचईटी इन्जिन समावेश गरिएको छ ।

हाल यसमा इन्हेन्स्ड स्मार्ट पावर लेस रहेको छ । नेपाल अटो

प्रकाशित मिति: Dec 29, 2020

प्रतिक्रिया दिनुहोस्