नेकपाको आधिकारीकता टुंगो निर्वाचन आयोगले लगाउने
नेकपाभित्र लामो समयसम्म आन्तरीक विवाद चिलरहेको अवस्थामा गएको आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रिपतिले संसद् विघटन साथै चुनाव घोषण गरेपछि नेकपा अहिले दुई चिरा भएको छ ।
हिजो मंगलबार नेकपाका ओली र प्रचण्ड-नेपाल दुई समूहले आ-आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक आयोजना गरेसँगै कुन समूहले आधिकारीकता पाउने भन्ने विषय अन्योल भएको छ ।
ओलीसमुह र प्रचण्ड-नेपाल पक्ष दुबैले नेकपाको आधिकारिकता आफूहरुसँग भएको दाबी गरेका छन् ।
दुवै पार्टीले एउटै नाम दाबी गर्दा वैधानिक को भन्ने विषयमा निर्णय आफूहरुले गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
यस्ता विवादको निरुपण यसअघि निर्वाचन आयोगबाट हुने गरेको थियो ।यो चाहिँ त्यति बेला सम्बन्धित समूहले पेस गरेका कागजात र राजनीतिक दल सम्बन्धी ऐनले व्यवस्था गरेको आधारमा निर्णय लिने आयोगले जनाएको छ ।
आयोगका अनुसार पार्टीको नाम र झण्डालगायत कायम राख्न केन्द्रीय सदस्यको बहुमत हुनुपर्ने कानुनी व्यवस्था छ ।
तर त्यस्तो निर्णय गर्दा आयोगले केन्द्रीय सदस्यको संख्या बाहेकका अन्य प्रावधान पनि हेर्ने आयोग जनाएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा दलको मान्यता सम्बन्धी विवादको निरूपण निर्वाचन आयोगबाट हुने व्यवस्था गरिएको छ ।
हिजो बसेको ओली समूहले बैठकले पार्टीको ४४७ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरिएको भन्दै १,१९९ सदस्य रहने निर्णय गरेको थियो ।
दाहाल-नेपाल पक्षले भने हिजो नै आफूहरूले गरेको बैठकमा ३१५ जना केन्द्रीय कमिटी सदस्यहरूको उपस्थिति रहेको दाबी गरेको छ ।