Logo
३ श्रावण २०८२, शुक्रबार
(December 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक जारी

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएकोको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बालुवाटारमा ओलीले बैठक  सुरु भएको बालुवाटार स्रतोले जानकारी दिएको छ । बैठकमा ओली पक्षका केन्द्रीय सदस्यहरु सहभागी छन् ।

पार्टी विवाद हुने अवस्थामा पुगेपछि अब के गर्ने भन्ने विषयमा ओलीले आफू निकटका केन्द्रीय सदस्यसँग छलफल गर्न बैठक बोलाउनु भएको हो ।

ओली निकट १ सय ४० जना केन्द्रीय सदस्य रहेको बताइएको छ । पार्टीभित्र देखिएको विवाद उत्कर्षमा पुगेपछि नेकपाका दुई अध्यक्षले आज छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।

दाहाल–नेपाल समुहको बैठक भने दिउँसो १ बजेका लागि बोलाइएको छ ।गएको आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरि निवाचन घोषण गरेसँगै नेकपा विवाद चरम उत्कर्षमा पुगेको छ ।

प्रकाशित मिति: Dec 22, 2020

प्रतिक्रिया दिनुहोस्