Logo
१ श्रावण २०८२, बुधबार
(December 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज नेपाली कांग्रेस र जसपाको केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रसको केन्द्रिय समितिको बैठक आज बस्दै छ ।

पार्टी केन्द्रिय कार्यलय सानेपामा आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । उक्त बैठकमा अहिलेको बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल हुने स्रोतले जनाएको छ ।

गएको आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि त्यसबारे कांग्रेसले औपचारिक धारणा बनाउन लागेको हो ।

नेपाली कांग्रेसले यस अघिनै ओलीको कदम गलत भएको प्रतिक्रिया सार्वजनिक गरिसकेको छ ।

साथै कांग्रेस सभापति देउवाले पनि ओलीको कदम गलत भएको बताएका छन् भने युवा नेता गगन थापालगायतका धेरै नेताहरुले यस्तो अवस्थामा यस्तो अवस्थामा कांग्रेसले सशक्त प्रतिरोध गर्नुपर्ने आवाज पनि उठाउँदै आएका छन् ।

हिजो सोमबार कांग्रेसको आयोजनामा बसेको प्रतिपक्ष प्रमुख तीन दलको संयुक्त बैठकले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै त्यसको विरोध गर्ने निर्णय गरेको थियो ।साथै जसपाले पनि आजै केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

प्रकाशित मिति: Dec 22, 2020

प्रतिक्रिया दिनुहोस्