Logo
१३ बैशाख २०८१, बिहीबार
(December 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भनिरोधक चक्की खाँदा २१ वर्षकी युवतीको मृत्यु भएपछि…!

सांकेतिक तस्वीर

यो संसारमा पनि कति घटना हामीले सोचे भन्दा फरक हुने गर्छ । हामी कुनै पनि घटना यस्तरी घट्छ होलो भनेर सोचका पनि हुदैनौ तर पनि समाजमा घटना घटिरहेका हुन्छन् ।

अहिलेको यो युगलाई बैज्ञानिक युग पनि भनिन्छ । कुनै पनि कुराको विकाससँगै विनास पनि भित्रिएको हुन्छ त्यसैले यी दुई परिपुरक भन्दा पनि फरक पर्दैन् ।

हामी सबैले सामान्यतया औषधी हाम्रो फाइदाको लागि नै खाने गछौँ तर कहिले काही हाम्रो फाइदाको लागि खाने औषधीद्वारा नै हाम्रो ज्यान जानसक्छ । यस्तै घटना ब्रिटेनमा भएको छ ।

सामान्यतया एक युवतिले मासिक धर्मलाई ठिक गर्नको लागि गभनिरोधक चक्की खाएकी थिइन् जसको कारण उनको मृत्यु भएको छ । अहिले यो घटनाकोबारे धरै चर्चा भइरहेको छ ।

ब्रिटेनमा गर्भनिरोधक चक्की सेवन गर्ने २१ वर्षकी युवतीको मृत्यु भएको छ । मासिक धर्मलाई ठिक गर्नको लागि युवतीले गर्भनिरोधक चक्की खाएकी थिइन् । तर, युवती एकदिन अचानक बेहोश भएपछि अस्पताल लगेपनि उनको मृत्यु भएको थियो ।

युवतीका परिवारले भने छोरीको निधन हुनुमा गर्भनिरोधक चक्की भएको ठहर गर्दै आएको छ । कम्पनीको विरुद्धमा परिवारले मुद्दा समेत दिएको छ ।

अदालतमा युवतीका पिता ब्रायनले छोरीको मृत्यु हुनु भन्दा पहिला एक हप्ताअघिबाट सास फुल्ने, खुट्टा र छातीमा दुखाई भएपछि अस्पतालमा भर्ना गरेको बताएका छन् ।

उनले अस्पतालको नर्सले औषधि दिएर उनकी छोरीलाई घर पठाएको पनि बताए ।तर डाक्टरको अनुसार उनको फोक्सोमा रगत जमेको कारण मृत्यु भएको हो ।

तर चिकित्सा र स्वास्थ्य सम्बन्धि उत्पादन सरकारी निकायहरुले औषधि सुरक्षित भएको र महिलाहरुले प्रयोग गर्न सक्ने बताएका छन् । उनीहरुले अनिच्छित गर्भ रोक्नलाई धेरै सहयोगी भएको समेत जानकारी दिएका छन् ।

अदालतले भने लामो समयदेखि गर्भनिरोधक चक्की सेवन गरेर फोक्सोमा रगत जमेको कारण मृत्यु भएको कुरालाई लिदै चक्कीबाट भएको असरको सहि उपचार नभएर युवतीको मृत्यु भएको रिपोर्ट तयार गरेको छ । एजेन्सी

प्रकाशित मिति: Dec 20, 2020

प्रतिक्रिया दिनुहोस्