Logo
२३ भाद्र २०८२, सोमबार
(December 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च बारमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी

सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षमा विजयी भएका छन् ।

उनी २९५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गरेका छन् ।

वरिष्ठ अधिवक्ता शाक्यले बृहत् लोकतान्त्रिक समावेशी  (मधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवसायी समूहको तथा अधिवक्ता खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व गरेका थिए ।

नयाँ कार्यसमितिका उपाध्यक्षमा मुकुन्दप्रसाद पौडेल, सचिवमा ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ र कोषाध्यक्षमा विनोदकुमार कार्की विजयी भएका छन् ।

महिला सदस्यमा अमिता गौतम पौडेल तथा सदस्यमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दीपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, मिराज श्रेष्ठ, डा रामहरि त्रिपाठी र निर्मला भण्डारी विजयी भएका छन् ।

प्रकाशित मिति: Dec 20, 2020

प्रतिक्रिया दिनुहोस्