Logo
१० असार २०८२, मंगलबार
(December 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवादकाबीच आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

 पछिल्लो समयमा नेकपा विवाद चर्कीएको अवस्थामा सरकारी निवास प्रधानमन्त्रीको बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक आज बस्दै छ।

नेकपाको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बालुवाटारमा बस्ने कार्यक्रम रहेको छ । पछिल्लो समयमा नेकपा विवाद चर्कीएको अवस्था र हिजो जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेशको विषयलाई लिएर आजका लागि बोलाइएको स्थायी कमिटी बैठकलाई आम चासोका साथ हेरिएको छ।

यसअघि आइतबार बसेको स्थायी कमिटी बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो।

पार्टीभित्र झन असन्तुष्टि भइरहेको अवस्थामा झन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याए ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत अधिकांश नेताहरूले अध्यादेश तत्काल फिर्ता लिन आग्रह गरिरहेका छन्।त्यसपछि पार्टीभित्र र सरकारमा कुनै पनि परामर्श नगरिकनै अध्यादेश ल्याइनुमा नेताहरु प्रधानमन्त्रीप्रति रुष्ट बनेका छन् ।

यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएकोप्रति असन्तुष्टि जनाएको छ ।पार्टीभित्रको विवाद समाधान गर्नुको सट्टा अध्यादेश ल्याएपछि ओलीसहित राष्ट्रपतिको समेत आलोचना हुन थालेको छ।

 

प्रकाशित मिति: Dec 16, 2020

प्रतिक्रिया दिनुहोस्