Logo
१३ बैशाख २०८१, बिहीबार
(December 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउखुरीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

लुम्बिनी प्रदेश स्थित दाङको देउखुरीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको राप्ती गाउँपालिका-८ बिजौरीमा भालुवाङबाट लमहीतर्फ आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखिएको लु १ ख ७००६ नम्वरको ट्रकको पछाडि ठोक्किँदा राप्ती गाउँपालिका -७ निवासी २७ वर्षीय अनिल चौधरीको आज मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

घाइते चौधरीको स्थानीय मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि लमही ल्याइँदै गर्दा बाटामै मृत्यु भएको हो ।

ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख भुवन भट्टले जानकारी दिए ।

प्रकाशित मिति: Dec 15, 2020

प्रतिक्रिया दिनुहोस्