Logo
४ आश्विन २०८१, शुक्रबार
(December 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षणमा भएको गगनको आरोप

नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल सरकार संलग्न भएर भएको भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षणमा भएको आरोप लगाएका छन् ।

उनले आज कैलालीमा आयोजित प्रर्दशन कार्यक्रममा ओली सरकार इतिहासकै भ्रष्ट भएको र भ्रष्टाचारी खोज्न कहि जानु पदैन बालुवाटार गए पुग्छ भनेका छन् ।

‘नेपाल सरकार संलग्न भएर भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना भएको छैन’ कांग्रेस नेता थापाले भने, भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन । बालुवाटार गए पुग्छ, सिंहदरबार गए पुग्छ ।’

उनले अघि भने, ‘निर्मला पन्तदेखि निर्जला चौधरीको बलात्कार र हत्यामा संरक्षण गर्ने गृहमन्त्री, बालुवाटारको जग्गा अडप्ने अर्थमन्त्री अनि

सिंहदरबारको कुर्सीको तातो थाहा पाएका ओली र चितवनमा घरदैलो गर्दा हार्ने डर देखेका प्रचण्डबीच एकता भएको थापाको दाबी छ ।

नेकपा लोभीपापीहरुको मञ्च मात्र भएको उनको दाबी छ । कुनै समय हात मिलाउनसमेत नचाहने ओली र प्रचण्डबीच लोभ र डरमा रातारात एकता भएको उनले बताए ।

स्वास्थ्य सामग्री खरिदमा कमिसन खाने प्रधानमन्त्रीको सबैभन्दा विषेश मन्त्री भएको सरकार छ ।’यो सबै प्रधानमन्त्रीको इच्छा बमोजिम चलेको छ भन्दा गलत नहुने उनको दाबी छ ।

‘बालुवाटारको चार आना जग्गा छोराको नाममा राख्ने अर्थमन्त्री, उसलाई सिफारिस गर्ने मान्छे हिजो जेल गयो । सिफारिस गर्ने मान्छे जेल जाँदा तर खाने मान्छे चाहिँ अर्थमन्त्रीको कुर्सीमा बिराजमान हुनुहुन्छ’ उनले भने ।

 

प्रकाशित मिति: Dec 14, 2020

प्रतिक्रिया दिनुहोस्