Logo
१२ असार २०८२, बिहीबार
(December 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारविरुद्ध कांग्रेस उत्रियो सडकमा, देशैभर प्रदर्शन

सभापति शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेसले सरकारविरुद्ध देशको ७७ वटै जिल्लामा एक साथ सडक प्रदर्शन गरेको छ ।

सडक देखि संसदसम्म सरकारलाई तीब्र दबाब दिने भन्दै कांग्रेसले देशैभर प्रदर्शन गरेको हो ।लामो समय मौन रहेको कांग्रेस कोरोना महामारीको बढ्दो संक्रमणकै क्रममा पनि सडक प्रदर्शनमा उत्रिएको हो ।

प्रधानमन्त्रीले केन्द्रकरण गरेको, अनेकन जनविरोधी विधेयकमार्फत जनताका अधिकार कुल्चँदै अधिनायकवादी बाटोमा अघि बढेको आरोप कांग्रेसले नेकपा नेतृत्वको केपी ओली सरकारमाथि लगाएको छ ।

भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा सरकार लिप्त रहेकालाई खबरदारीका लागि प्रदर्शनमा उत्रनु परेको कांग्रेसले जनाएको छ ।

महिला हिंसाप्रति सरकार पटक्कै संवेदनशील नभएको भन्दै कांग्रेसले महिला हिंसा र बलात्कार व्यापक हुँदा पनि सरकार असंवेदनशील बनेको अरोाप पनि लगाएको छ ।

काठमाडौं उपत्यकाको तीनै शहरदेखि देशैभरका शहरबजारमा कांग्रेसीहरु सडकमा उत्रिएका छन् । नेताहरुले कार्यक्रमलाई सम्बोधन पनि गर्दैछन्

कोरोना महामारी नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीसमेतमा भ्रष्टाचार गरेर सरकारले असंवेदनशीलताको पराकाष्ठा नाघेको भन्दै कांग्रेसले सडकमा उत्रन आफ्ना नेता कार्यकर्तालाई आह्वान गरकेो थियो ।

प्रकाशित मिति: Dec 14, 2020

प्रतिक्रिया दिनुहोस्