Logo
१० असार २०८२, मंगलबार
(December 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणकाजी र सुसनलाई कारवाही माग गर्दै काठमाडौंमा प्रदर्शन

नेकपाका नेताकमानसिंह लामाको मृत्यु भएको विषय छानविन गर्न र प्रवक्तानारायणकाजी श्रेष्ठलाई पदबाट हटाउन आज काठमाडौंमा प्रदर्शन भएको छ ।

सो प्रदर्शनलाई ध्यानमा राखेर नेकपा स्थायी समितिको बैठक कमानसिंहलाई समवेदना प्रकट गरेर सकिएको छ ।स्वर्गीय लामाकाभ्रे जिल्लाकाथिए । काभ्रेकाजनताको तर्फबाट आजप्रदर्शन गरिएको हो ।

नेकपाको स्थायी समिति बैठक बसेको ठाउँ प्रधानमन्त्रीनिवास बालुवाटार क्षेत्रमाकाभ्रेली जनताले ‘कमानसिंहको आत्मालाई न्याय देउ’भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा काभ्रेली युवाहरुले विभिन्नकिसिमकाप्लेकार्डहरु बोकेका थिए । उनीहरुले नारायणकाजी श्रेष्ठ र उनकी अति निकट महिला सुसन कर्माचार्यलाई गिरफ्तार गर्नुपर्ने भन्दै नारा पनिलगाएकाथिए ।

कमानसिंह लामाको गतबुधबार राति काठमाडौंको एक अस्पतालमा मृत्यु भएको थियो । मृत्यु हुनु अघि कमानसिंहले नारायणकाजी श्रेष्ठले आफ्नो जिन्दगी खराबगरिदिएको, ऋणमा डुबाइदिएको तथाबर्बाद बनाइदिएको भनेर फेसबुकमा लेखेकाथिए ।

नारायणकाजी र उनकी निकट सुसनले आफ्नो अढाई करोड रुपैयाँखाइदिएको, परिवार बिगारिदिएको भनी कमानसिंहले फेसबुकमा लेखेर खुलासा गरेका थिए ।

याम्बालिङ हाइड्रोको शेयरको विषयमा उनीहरुको लेनदेन विवाद रहेको थियो । त्यो लेनदेन विवादको विषयमाकमानसिंह र नारायणकाजीबीच भएको कुराकानीको भिडियो पनि सार्वजनिक भएको छ ।

प्रदर्शनकारीहरुले नारायणकाजी र सुसन कर्माचार्यको सम्पत्ति छानविन गर्न पनिमाग गरेका छन् । उनीहरुले ‘हेल्लो नारायणकाजी,एउटा झुठ छोप्न सयवटा झुठ नबोल्नुस्’ भन्दै नारा लगाएकाथिए ।

अमितलामालगायतकायुवा नेताहरुको अगुवाईमाभएको प्रदर्शननारावाजीभएको ठाउँमा नेकपाका केही नेताहरु पुगेर ऐक्यवबद्धता प्रकट गरेकाथिए ।

प्रदर्शनकारीहरुले हाँडीघोप्टे र उनको पिएको सम्पत्ति छानविन गरभन्दै पनिनारा लगाएका थिए । प्रदर्शनकारीहरुले ‘नारायणकाजीलाई पदबाट हटाइयोस्, अरुको सुखी दाम्पत्य जीवन जोगाइयोस्’ भन्ने प्लेकार्ड समेत बोकेका थिए ।

उनीहरुले नारायण काजीले अहिलेसम्म ककसलाई विदेश पठाए भन्ने छानविन गरी तिनको दाम्पत्य जीवनको अवस्थाबारे बुझियोस् भन्ने माग राखेका छन् ।

प्रदर्शन कारीहरुले नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म र छानविनको प्रकृया सुरु नगरेसम्म आन्दोलनजारी राख्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति: Dec 13, 2020

प्रतिक्रिया दिनुहोस्