Logo
१० असार २०८२, मंगलबार
(December 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा स्थायी कमिटी बैठक पुस १ गते बस्ने गरी स्थगित

नेकपाको स्थायी कमिटी बैठक आगामी पुस १ गते बुधबार बस्ने गरी स्थगित भएको छ ।

आज (आइतबार) को बैठक नेता कमानसिंह लामाको निधनमा शोक व्यक्त गरेर आउँदो पुस १ गते दिउँसो एक बजे बस्ने गरी स्थगित हो ।

बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची तोकिएको थियो । बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पनि सहभागीथिए ।

सात दिनअघि २१ गते बसेको बैठकले सहमति खोजीका लागि भन्दै आइतबारसम्म बैठक स्थगित गर्ने निर्णय गरे पनि यसबीचमा सहमतिको लागि खासै पहल हुन सकेको छैन ।

२१ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रस्तावका नाममा अभियोग पत्र वितरण गरिएको भन्दै यसमा छलफल हुन नसक्ने भएकाले स्थायी कमिटीले विवेकपूर्ण निकास दिने सन्देशसहितको पत्र पठाएका थिए

अझ यसबीचमा दुवै पक्षका नेता कार्यकर्ता गुटगत भेलामा सहभागी हुँदै आएका छन् ।दुवै अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा कार्यसूची बनाएर छलफल गर्ने वा दुवैबाट साझा प्रतिवेदन बनाउने भन्नेमा अनौपचारिक छलफल भने भइरहेको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: Dec 13, 2020

प्रतिक्रिया दिनुहोस्