Logo
११ बैशाख २०८१, मंगलबार
(December 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिलवस्तुमा धारिलो हतियार प्रयोग गरी एक महिलाको क्रूर हत्या

लुम्बिनी प्रदेश स्थित कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ ।

चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए ।

टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रूर तरिकाले हत्या भएको प्रहरीले जनाएको छ । हत्याको आङ्शकामा प्रहरीले डेरामा सुशीलासँगै बस्ने भतिज तारणबहादुर खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

महिलाको शव परीक्षणका लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको प्रहरी निरीक्षक खरेलले बताए ।

प्रकाशित मिति: Dec 13, 2020

प्रतिक्रिया दिनुहोस्