Logo
८ असार २०८२, आईतबार
(December 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीद्वारा सांसद् लिङ्देनको स्वास्थ्यलाभको कामना

राप्रपा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्थाबारे बुझनको लागि प्रधानमन्त्री केपी ओलीले फोन गरी शीघ्र स्वास्थ्य लाभको शुभकामना गरेका छन् ।

ओलीले आज बिहान लिङ्देनलाई फोन गरेर शीघ्र स्वास्थ्य लाभको शुभकामनासमेत दिएका हुन् ।ओलीको फोन लिङ्देनका छोरा स्वाधीनले उठाएका थिए । उनका अनुसार फोनमा ओलीले कुनै समस्याबारे आफूलाई खबर गर्न भनेका छन् ।

बिहीबार निमोनिया भएको पुष्टि भएपछि झापाको विएण्डसी अस्पतालबाट उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।

अक्सिजन लेभल कम भएकाले उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । लिङ्देनका स्वकीय सचिव छत्र कडायतका अनुसार हाल लिङ्देनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

कडायतका अनुसार शुक्रबार बिहान लिङ्देनको अवस्था बुझ्न पार्टी अध्यक्षद्वय कमल थापा र प्रकाशचन्द्र लोहनीसमेत अस्पताल पुगेका छन् ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपनि केही दिन अघि गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति: Dec 11, 2020

प्रतिक्रिया दिनुहोस्