Logo
७ बैशाख २०८१, शुक्रबार
(December 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दार्चुलामा ट्रक दुर्घटना हुदाँ तीन जनाको मृत्यु

सुदूरपश्चिम प्रदेश स्थित दार्चुलामा ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीका २४ वर्षीय शेर सिंह कार्की र अन्य दुईजना रहेका छन् ।

बाँकी दुईजनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी प्रमुखले जानकारी दिए ।

गोकुलेश्वरबाट सदरमुकाम खलंगा तर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउँपालिक-१ भर्तोला भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

आइतबार राति दुर्घटनामा परेको ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ ।

प्रकाशित मिति: Dec 7, 2020

प्रतिक्रिया दिनुहोस्