Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रालयबाट हुने अनलाइन सरुवा र समायोजन मिलाउन चार सदस्यीय ‘सरुवा बोर्ड’ गठन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार सदस्यीय ‘सरुवा बोर्ड’ गठन गरेको छ ।

मन्त्रालयबाट हुने अनलाइन सरुवा र समायोजन मिलान सम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन भन्दै मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा चार सदस्यीय सरुवा बोर्ड गठन गरिएको हो ।

प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा गठित बोर्डमा मन्त्रालयकै सहसचिवद्वय सङ्गठन विकास महाशाखा प्रमुख र प्रशासन सुधार तथा जनशक्ति विकास महाशाखा(समायोजन) सदस्य र सम्बन्धित शाखाको शाखा प्रमुख(उपसचिव) सदस्य सचिव रहनेछन् ।

हरेक महिनाको २५ गतेसम्म जम्मा भएका निवेदनहरुलाई २६ औँ दिनमा बोर्डमा छलफल गरी सरुवा, समायोजन मिलान तथा जिम्मेवारी तोक्ने गरी मन्त्री स्तरीय निर्णयबाट बोर्ड गठन भएको मन्त्रालयले प्रशासन सिँहदरवार ब्युरोलाई बताएको छ ।

प्रकाशित मिति: Dec 7, 2020

प्रतिक्रिया दिनुहोस्