Logo
२ जेष्ठ २०८१, बुधबार
(December 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कडा सुरक्षा घेराबीच धुम्बाराहीमा नेकपाको स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित

नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ ।

नेकपा पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन ।

कोभिड-१९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी नआएका हुन् ।स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ गरिएको छ ।

बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको मुख्यालयमा तालिम प्राप्त कुकुरसमेत तैनाथ गरिएको मुख्यालयस्थित प्रशासन प्रतिनिधिले जानकारी गराएका छन् ।

 

प्रकाशित मिति: Dec 6, 2020

प्रतिक्रिया दिनुहोस्