Logo
२ जेष्ठ २०८१, बुधबार
(December 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको विवाद टुंगो लगाउन बामदेवलाई जिम्मा दिइने

पछिल्लो समयमा नेकपाभित्र आन्तरिक विवादले चरम विन्दु पुगेको अवस्थामा आज नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर उपाध्यक्ष बामदेव गौतमलाई अगाडि सार्ने गरि नयाँ प्रस्ताव अगाडि बढाउने भएको छ ।

जसका अनुसार अहिले भएको पार्टी विवादको अन्तिम टंगो लगाउनका लागि समिति बनाउने विषय रहेको छ । सोही अनुसार समितिमा उपाध्यक्ष गौतमलाई अगाडि सार्ने तयारी रहेको सोतले बताएको छ ।

उच्च स्रोतका अनुसार बामदेवको नेतृत्वमा समिति बन्ने र त्यसमा सबै पक्षलाई बस्न आग्रह गरिनेछ । समितिले केही दिन लगाएर प्रतिवेदन बनाएर पेश गरी टुंगो लगाइने बुझिएको छ ।

हिजो सचिवालयमा पनि गौतमलाई कार्यदलको संयोजक बन्न सचिवालय सदस्य रामबहादुर थापा बादलले प्रस्ताव गरेका थिए ।

तर, उनले विगतको कार्यदलको प्रतिवेदन कार्यान्वयन नभएको र आफू त्यस्तो कार्यदलको संयोजक नबन्ने जवाफ दिएका थिए ।

प्रचण्डलगायत माधवकुमार नेपाल, झलनाथ खनालसहितको मोर्चाले यसपटक गौतमलाई अगाडि सारेर विवाद मिलाउने प्रस्ताव तयार गर्न आग्रह गरेको बुझिएको छ ।

यसको प्रस्ताव स्थायी कमिटी बैठक हुँदै अगाडि लाने तयारी भएको छ । यसबारे बामदेव पनि सकारात्मक भएको बुझिएको छ ।

प्रकाशित मिति: Dec 6, 2020

प्रतिक्रिया दिनुहोस्