Logo
६ जेष्ठ २०८१, आईतबार
(December 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय‘रअ’ प्रमुखको भ्रमणले थुपै रिजल्ट ल्याइसक्यो : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले भारतीय गुप्तचर निकाय ‘रअ’ प्रमुख भ्रमणको रिजल्ट आइसकेको बताएका छन् ।

परराष्ट्रमन्त्रीलेभारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख समान्त गोयल र प्रधानमन्त्रीबिच भएको भेट अपारदर्शी नभएको बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद भीम रावल लगायतले यसबारे प्रश्न उठाएका थिए ।

जवाफमा मन्त्री ज्ञवालीले भने, ‘विषय धेरै अगाडि बढिसक्यो, त्यसले थुप्रै रिजल्ट ल्याइसक्यो । हामी पुरानै कुरामा अड्किएर बसिरहेका छौं ।’ गोयल ‘रअ’ प्रमुखका रुपमा नभइ भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आएको उनले बताए ।

उनले भने ‘सामन्त गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी त्यहीँ अडेका छौं माननीय ज्यूहरू,’ उनी रअ प्रमुखका रूपमा नभइ प्रधानमन्त्री (नरेन्द्र मोदी) को सन्देश लिएर आएको बताए ।

भ्रमण पारदर्शी नभएको भन्दै रावल र कांग्रेस सांसद प्रकाशमान सिंहले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले थपे, ‘कूटनीतिमा यस्ता खालको संयन्त्रहरू, माध्यमहरू प्रयोग हुन्छन् कि हुन्नन् माननीयज्यू ?’

प्रधानमन्त्रीको प्रेस सल्लाहकारले भेट भयो र योयो विषयमा वार्ता भयो भनेको भन्दै भने, ‘योभन्दा बढी पारदर्शीता हामीले कति खोज्छौं, सम्भव हुन्छ ? त्यो बेग्लै कुरा भयो ।’

औपचारिक संवाद हुन नसकिरहेको बेला कूटनीतिमा व्यापारिक, धार्मिक मानिसहरु प्रयोग हुने बताए । ‘नाकाबन्दीको बेला हामीले तत्कालीन सेना प्रमुख राजेन्द्र क्षेत्रीजीलाई पठाएको होइन, हिमालय थापा जानु भएको होइन र ?’ उनले भने ।

प्रकाशित मिति: Dec 4, 2020

प्रतिक्रिया दिनुहोस्