Logo
१५ चैत्र २०८०, बिहीबार
(December 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंसिर २१ गते टाटा H5 किन्नुहोस् ! ३ लाख ५० हजार छुटसहित आकषर्क उपहार लैजानुहोस्

यहि मंसिर २१ गते टाटा एचफाइभ (H5) किन्दा ग्राहकले ३ लाख ५० हजार छुट पाउने भएका छन् ।

टाटाको एचफाइभ (H5) गाडी बुकिङ तथा प्रिबुकिङ गर्ने ग्राहकहरुलाई टाटाको तर्फबाट भारी छुट सहित आकर्षक बोनस तथा आकर्षक उपहारहरु प्रदान गरिने कम्पनीले जनाएको छ ।

टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले टाटा H5गाडीमा विभिन्न अफर सहितको ‘एचफाइभ वन डे वन्डर, इट्स नाउ अर नेभर’ नामक एकदिने बृहत कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कार्यक्रम मंसिर २१ गते टाटा मोटर्स थापाथली शोरुममा हुँदैछ । त्यस दिन एचफाइभ बुकिङ गर्ने ग्राहकहरुले तीन लाख ५० हजारसम्मको नगद छुट, प्रत्येक बुकिङमा आइफोन ११ र एक लाख ५० हजारसम्मको एक्सचेञ्ज लोयल्टी बोनस, एक लाखसम्मको एक्सचेञ्ज बोनस प्राप्त गर्न सक्नेछन् ।

साथै कम्पनीले जनाएअनुसार अर्लि बर्ड्स रेजिष्ट्रेसन अन्तर्गत मंसिर १९ सम्म कम्पनीद्वारा https://tatacars.sipradi.com.np/ लिंकमा गएर अनलाइनमार्फत प्रि-बुकिङ गर्ने ग्राहकहरुले अझै २५ हजार थप नगद छुट र २५ हजारसम्मको थप एक्सचेञ्ज लोयल्टी प्राप्त गर्न सक्नेछन् ।

क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एचफाइभ भारतीय बजारमा निकै चर्चित छ ।टाटा एचफाइभलाई भारतीय बजारमा टाटा ह्यारियर भनिन्छ ।

एचफाइभमा रहेको इन्जिनले १३८ बीएचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ ।आकर्षक रहेको टाटा एचफाइभमा पुश बटन स्टार्टस्टप, सेमी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टेयरिङ, हाइट एड्जस्टेबल ड्राइभर सिट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन्।

टाटा एचफाइभ ल्यान्डरोभरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो। नेपाली बजारमा टाटा एचफाइभ एक्सई, एक्सएम, एक्सटी र एक्सजेड गरी चार भेरिएन्टमा उपलब्ध छ ।

यसको मूल्य क्रमशः ५८ लाख ५५ हजार, ६६ लाख ९९ हजार, ७२ लाख ९९ हजार र ७७ लाख ९९ हजार रुपैयाँ छ ।अटो खवर

 

प्रकाशित मिति: Dec 4, 2020

प्रतिक्रिया दिनुहोस्