Logo
६ जेष्ठ २०८१, आईतबार
(December 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमा विवादलाई समाधान गर्न भारतसँग औपचारिक संवादको ढोका खुल्यो : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवादलाई समाधान गर्न भारतसँग औपचारिक संवादको ढोका खुलेको बताएका छन् ।

हालै सम्पन्न भएको भारतीय विदेश सचिवको नेपाल भ्रमणसँगै औपचारिक संवादको ढोका खुलेको ज्ञवालीले बताएका हुन् ।

शुक्रबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा ज्ञवालीले विदेश सचिवको भ्रमण तीन कारणले महत्वपूर्ण भएको बताएका छन् ।

उनले भने, ‘पहिलो, नक्सा प्रकाशन गरेपछि रोकिएको औपचारिक संवादको ढोका खुल्यो । दोस्रो, सीमा समस्यालाई नेपालले औपचारिक एजेण्डा बनाएर उठाएको छ र दुवै देश संवादबाटै समधान खोज्न तयार भएको छ,’

तेस्रो, आगामी स्टेपहरु के भन्ने तय भएको छ । परराष्ट्रमन्त्रीले भने,’समस्याहरु समाधान गर्ने र सम्बन्धलाई बलियो बनाउने बाटोमा अगाडि बढेको विश्वास हामीले लिएका छौं ।’

उनका अनुसार नेपाल र भारतका परराष्ट्र सचिव संयन्त्रको बैठक निकट भविष्यमा बस्नेछ र यसमा सीमा समस्यालाई जुन गम्भीरताका साथ उठाउनु पर्ने हो र नेपालले उठाउने छ ।

प्रकाशित मिति: Dec 4, 2020

प्रतिक्रिया दिनुहोस्