Logo
२ जेष्ठ २०८१, बुधबार
(December 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डलाई भेट्न खुमलटार पुगे ईश्वर पोखरेल, साझा प्रस्ताव ल्याउन आग्रह

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र उप्रधानमन्त्री ईश्वर पोखरेलबिच आज विहान खुमलटरमा भेटबार्ता भएको छ ।

नेकपा अध्यक्ष प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल शुक्रवार बिहान खुमलटार पुगेका थिए। प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ।

यसअघि हिजो महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले मङ्सिर १३ गते प्रचण्डको प्रस्तावको जवाफ दिएका थिए।

प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुवै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने अडानमा रहेका छन् भने प्रधानमन्त्री ओली पक्षधरले भने दुवै प्रतिवेदन फिर्ता गरेर साझा प्रस्ताव ल्याउन प्रयास गरिरहेका छन्।

नेकपाभित्र मन्त्रिपरिषद् हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ताको विषयमाथि सचिवालय बैठकमा छलफल नहुँदा विवाद चर्किएको हो ।

पछिल्लोपटक दुवै अध्यक्षले एकअर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै प्रतिवेदन पेस गरेपछि विवाद झन् बढेको छ ।

प्रकाशित मिति: Dec 4, 2020

प्रतिक्रिया दिनुहोस्