Logo
२ जेष्ठ २०८१, बुधबार
(December 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेसको पदाधिकारी बैठक आज बस्दै, तनहुँ घटना र भावी रणनीतिबारे छलफल हुने

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले तनहुँ घटनाबारे विषयमा छलफल गर्न दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीलाई आफ्नो निवासमा बोलाएका हुन् ।

आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले पक्राउ गरेको घटनाबारे छलफलका लागि पदाधिकारी बैठक बोलाइएको हो ।

बैठकले समग्र देशको राजनीतिक र काँग्रेसको भावी रणनीतिबारे छलफल गर्ने बुझिएको छ । सह-महामन्त्री डा. प्रकाशरण महतका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रहरी, प्रशासन र सरकारले गरेको दुव्र्यवहार लगायत विषयमा छलफल हुनेछ ।

बुधबार प्रहरीले तनहुँमा वरिष्ठ नेता पौडेललाई तीन घण्टा नियन्त्रणमा राखेको थियो । त्यसपछि पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको घटनाले काँग्रेसभित्र नयाँ प्रकारको आक्रोश समेत जन्मिएको छ ।

वरिष्ठ नेतामाथि समेत यस्तो भयो भने देशभरका काँग्रेस कार्यकर्तामाथि कस्तो व्यवहार भयो रु यो प्रश्न उठाउन थालिएको छ ।

यसपटक पौडेलले आक्रामक तरिका अपनाएर बेहोशतुल्य काँग्रेसलाई जगाउन खोजेका छन् ।अब काँग्रेस सरकारविरुद्ध आक्रामक देखिने संकेत देखिएको छ ।

प्रकाशित मिति: Dec 4, 2020

प्रतिक्रिया दिनुहोस्