Logo
१२ श्रावण २०८१, शनिबार
(December 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना विरुद्धको खोप नाफामुलक नभइ विश्वकै सार्वजनिक पहुँचमा हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले ३१ औं विशेष महासभामा कोभिड-१९ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी जनताको लागि सार्वजनिक सहज पहुँच हुनु पर्नेमा जोड  दिएका छन् ।

कोभिड-१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप सबैको पहुँचमा हुनु पर्ने बताएका हुन् ।

ओलीले ३१ औं विशेष महासभामा कोरोना विरुद्धको खोप नाफा मुलक नभइ विश्वकै सबै देश र नागरिकको पहुँचमा पुग्ने गरी हुनु पर्ने बताएका हुन् ।

यस्तै, उनले गरीबी, बढ्दो असमानता, जलवायु परिवर्तनका कारण पर्ने संकट र कोरोना जस्ता महामारी फैलाउने भाइरसको संक्रमणको चुनौती विरुद्ध लड्न विश्वका सबै देश एकजुट हुनु पर्नेमा जोड दिएका छन् ।

संयुक्त राष्ट्रसंघको विशेष महासभामा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथामका लागि नेपालले गरिरहेको प्रयासबारे जानकारी पनि गराएका छन् ।

ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुनेसमेत बताएका छन् ।

प्रधानमन्त्रीले अहिले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्याउन कोभाक्सले गरिरहेको पहलको पनि  स्वागत गरे ।

महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन गर्नु अघि उनको अडियो र भिडियो रेकर्ड गरेर पठाइएको थियो । संयुक्त राष्ट्रसंघको विशेष महासभामा अन्य देशले पनि आफ्नो अनुभव सुनाएका थिए ।

अहिलेको संकटले पाठ सिकाएको बताउँदै ओलीले भनेका छन्, ‘यो संसार सानो डुंगा हो, हामी सबै यसका यात्रु हौं ।’

कोभिड-१९ लाई कै केन्द्रित गरेर राष्ट्रसंघले विशेष महासभाको आयोजना गरेको हो ।

 

 

प्रकाशित मिति: Dec 4, 2020

प्रतिक्रिया दिनुहोस्