Logo
१५ बैशाख २०८१, शनिबार
(December 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिलायन्स फाईनान्स १२ बर्षमा प्रवेश

रिलायन्स फाईनान्स १२ बर्षमा प्रवेश गरेको छ ।

नेपाल राष्ट्र बैकबाट ‘ग’ बर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त रिलायन्स फाईनान्सको बार्षिक उत्सवको अवसरमा संस्थाका अध्यक्ष कुश प्रसाद मल्लीले संस्थाको नयाँ दश ओटा शाखा कार्यालयहरु उद्घाटन गरे ।

सितापाईला शाखा, धनगढी शाखा, महेन्द्रनगर शाखा, कोहलपुर शाखा, अत्तरीया शाखा, दमक शाखा, विर्तामोड शाखा, धुलाबारी शाखा, टाँडी शाखा र भैरहवा शाखाको डिजिटल माध्यमबाट उनले उद्घाटन गरेका हुन ।

काठमाण्डौसहित २० ओटा शाखा कार्यालयहरुले सेवा पु-याउदै आएको सो संस्थाले नयाँ शाखा विस्तार गरेको छ ।
बार्षिकोत्सवका अवसरमा संस्थाले ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्र्तगत विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुको लागि सहयोग गरेको छ ।

सामाजिक कार्यमा सहभागिता जनाउने क्रममा काठमाण्डौ जिल्ला सलम्बुटार साँखु, काठमाण्डौ स्थित द्धन्द पीडित तथा अपांग समाज–नेपालमा आश्रीत गरिब तथा निमुखा घरबार विहिन सुस्त मनस्थिती भएका बालबालिकालाई आवश्यक पर्ने भौतिक सामाग्री वितरण गर्ने तथा लायन्स क्लव ईन्टरनेशनल B2, लायन्स क्लब काठमाण्डौ युनाईटेड सेन्ट्रल संगको सहकार्यमा माईती नेपाल काठमाण्डौलाई लत्ताकपडा सामाग्री वितरण गरेको छ ।

उक्त कार्यक्रममा रिलायन्सका अध्यक्ष कुश प्रसाद मल्ली, संचालक सुरकृष्ण बैद्य, संचालक रवि कृष्ण श्रेष्ठ, संचालक उपेन्द्र बहादुर कार्की, संचालक श्री तुल्सी प्रसाद बराल, संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र उप प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले उक्त सहयोग सामग्री हस्तातरण गरे ।

बार्षिक उत्सवका अवसरमा संस्थाले विभिन्न सरकारी गैर सरकारी तथा निजी कम्पनीहरुमा कार्यगर्ने कर्मचारीहरुको सुविधाको लागि उच्चतम प्रतिफलयुक्त सेभिङ खाता समेत संचालन गरेको छ ।

सो खाताबाट देशका विभिन्न क्षेत्रमा आबद्ध रही कार्य गर्ने विभिन्न तहका कर्मचारीहरुले यस संस्थामा संस्थागत रुपमा तलबी खाता वा स्वयमले व्यक्तीगत रुपमा खाता खोली कारोबार गर्न सक्ने जनाइएको छ ।

खातावालहरुलाई रिल्यान्स संस्था र सगरमाथा ईन्स्योरेन्स कम्पनी लि. को सहकार्यमा रु.३ लाख सम्मको दुर्घटना विमा तथा विभिन्न १८ ओटा जटिल रोगको लागि रु. १ लाख सम्मको विमा उपचार सुविधा तथा बार्षिक ७ प्रतिशतका दरले व्याज पाउनुका साथै नि शुल्क एटिएम कार्डसहितका सुविधा पाउने जनाइएको छ ।

प्रकाशित मिति: Dec 3, 2020

प्रतिक्रिया दिनुहोस्