Logo
१२ श्रावण २०८१, शनिबार
(December 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्षेत्राधिकार मिचिएको भन्दै सरकारविरुद्ध प्रदेश–२ ले दायर गर्‍यो रिट, मन्त्री सोनल आफैं आए सर्वोच्च

प्रदेश–२ सरकारले आफ्नो क्षेत्राधिकार मिचिएको भन्दै संघीय सरकारविरुद्ध पुनः अर्को रिट दायर गरेको छ ।

प्रदेश–२ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल र प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले रिट लिएर आज सर्वोच्च अदालत पुगेका थिए ।

संघीय सरकारको भूमिगत जलस्रोत विकास समितिले कात्तिक २१ गते गरेको परिपत्र र समृद्ध तराई मधेस सिञ्चाई विशेष कार्यक्रमले कात्तिक २४ गते आह्वान गरेको बोलपत्रले प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको रिटमा उल्लेख छ । सो कार्य बदर गर्न माग गरिएको छ ।

यसअघि पनि प्रदेश–२ ले क्षेत्राधिकार मिचिएको भन्दै दायर गरेका अरु रिट सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधीन छन् । संघले प्रहरीको भर्ना खोलेपछि सो विरुद्ध पनि प्रदेश प्रहरीले रिट दायर गरेको छ । त्यस्तै, फौजदारी अभियोगमा प्रदेश कानुनले सजाय तोक्न पाउनुपर्ने मागसहितको रिट पनि संवैधानिक इजलाशमा छ ।

प्रकाशित मिति: Dec 3, 2020

प्रतिक्रिया दिनुहोस्