Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असली लोकतन्त्र कहिले साकार हुने हो?, प्रहरीको डण्डाले करङ दुखेको छ : नेता रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीको डण्डाले करङ दुखेर आएको ट्विटमार्फत बताएका छन् । साथै असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ उनले भनेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि पौडेलले बिहीबार ट्विट गर्दै प्रहरीको डण्डाले करङ दुखेको बताएका छन् ।पौडेलले लेखेका छन्, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ ।’

उनले सात दशकबाट प्राप्त गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा नपाएकोमा चिन्ता व्यक्त गरेका छन् ।बुधबार गृहजिल्लामा पुल उद्घाटन गर्न पुगेका पौडेल माथि प्रहरीले दमन गरेको थियो ।

तनहुँको व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रमका नेकपा कार्यकर्ताले अवरोध गरेका थियो ।प्रशासन लगाएर उद्घाटन रोक्ने प्रयास भएपछि त्यसको विरोधमा पौडेलले जनस्तरीय भेलालाई सम्बोधन गर्ने तयारी गरेपछि प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: Dec 3, 2020

प्रतिक्रिया दिनुहोस्