Logo
८ बैशाख २०८१, शनिबार
(December 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजस्व चुहावट गर्ने रमण कन्स्ट्रक्सन प्रालीसहित ५ कम्पनीविरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले विवादित कम्पनी रमण कन्स्ट्रक्सन प्रालीसहित ५ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । गत वर्ष साउनमा हुलाकी राजमार्गअन्तर्गत चितवनको गोलाघाट पुल निर्माण नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण कन्स्ट्रक्सन प्रालीलाई १ वर्षका लागि कालोसूचीमा राखेको थियो ।

रमण कन्स्ट्रक्सन धरहरा निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनी हो । धरहरा पुननिर्माणको काम समेत सन्तोषजनक मानिएको छैन । रमणले वस्तु तथा सेवाको खरिद नगरी नक्कली बिक्री बिल बनाएको विभागले जनाएको छ ।

रमणविरुद्ध २० करोड ८७ लाख ६४ हजार रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जानकारी दिएको छ ।

रमण कन्स्ट्रक्सन प्रालिले भ्याटतर्फ ७ करोड रुपैयाँ, आयकरतर्फ १२ करोड र लाभांस करतर्फ १ करोड ७५ लाख रुपैयाँ राजस्व चुहावट गरेको छ । रमण कन्स्ट्रक्सन प्रालिसँगै राउत ट्रेड कन्सर्न, पीआर के ट्रेड ईन्टरनेशनल, मिनजा ईन्टरनेशनल, र क्रेटा ईन्टरप्राइजेजविरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरुमाथि नक्कली मूल्य अभिवृद्धि कर बिल (भ्याट बिल) प्रयोग गरी ४१ करोड ३ लाख रुपैयाँ राजस्व छली गरेको आरोप छ । विभागले मंगलबार ती कम्पनीहरुविरुद्ध मुद्दा दायर गरेको बताएको छ ।

प्रकाशित मिति: Dec 2, 2020

प्रतिक्रिया दिनुहोस्