Logo
१२ श्रावण २०८१, शनिबार
(December 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा सचिवालय बैठक : पार्टी अध्यक्ष ओली सहभागि नभएपछि तीन दिन पछि सारियो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली उपस्थित नभएपछि तीन दिनका लागि सारिएको छ। प्रधानमन्त्री ओली उपस्थित नभएपछि बैठक २० गतेका लागि स्थगित भएको हो। ‘बुधबार बसेको पार्टीको सचिवालय बैठकमा अध्यक्ष ओली उपस्थित हुनुभएन,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

पार्टीमा देखा परेको संकट र विद्यमान समस्याहरुको समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक उपयुक्त र उचित हुन्छ भन्ने निष्कर्ष निकाल्दै बैठक स्थगित गरिएको हो।

‘अध्यक्ष केपी ओलीको आगामी बैठकमा अनिवार्य उपस्थितिको अपेक्षा सहित उहाँलाई बैठकमा आउन अनुरोध गर्ने निष्कर्षका साथ अब सचिवालयको बैठक आगामी २० गते १ बजे बस्ने निर्णय गरिएको छ,’ श्रेष्ठले भने।

प्रकाशित मिति: Dec 2, 2020

प्रतिक्रिया दिनुहोस्