Logo
१३ बैशाख २०८१, बिहीबार
(December 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फाइजर कम्पनिको कोरोनाविरुद्धको खाेप बेलायतद्वारा स्वीकृत

बेलायतले फाइजर कम्पनीको कोरोना भाइरसविरुद्धको खोपलाई प्रयोगका लागि स्वीकृती दिएको छ

बेलायत फाइजनर–बायोटेक कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि विश्वव्यापी रूपमा अनुमोदन गर्ने विश्वको पहिलो देश बनेको छ ।

बेलायतको नियामक, एमएचआरएले खोप कोरोनाका बिरामीका लागि ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको र प्रयोगका लागि सुरक्षित देखिएको बताएको हो ।

केही दिनभित्रै उच्च प्राथमिकतामा रहेको समूहलाई खोप दिन सुरु गरिने बताइएको छ ।बेलायतले यसअघि नै चार करोड खोपको डोज माग गरिसकेको छ । प्रत्येकले खोपको दुई डोज दिइनेछ, अर्थात् अहिले दुई करोड जनाले खोप लगाउन पाउनेछन् ।

फाइजर कम्पनीको खोप सबैभन्दा छिटो विकसित भएको खोप हुनेछ, जसलाई बनाउन १० महिना लाग्यो ।सामान्यतया यस्तो खोप तयार हुन एक दशकसम्म लाग्ने गर्दछ । ​

यद‍्यपि विशेषज्ञहरूका अनुसार खोपको प्रयोगपछि पनि मानिसहरूले सङ्क्रमण नफैलिन दिन नियमहरूको पालना गर्नुपर्नेछ

क्सिन ९५ प्रतिशतसम्म प्रभावकारी भएको दाबी गरिएको छ । यो भ्याक्सिन अन्यको तुलनामा महङ्गो र भण्डारण गर्न भने कठिन देखिएको छ । तर, प्रभावकारिताका दृष्टिले अगाडि छ ।अमेरिकी कम्पनि फाइजरको भ्याक्सिन अमेरिकामा अझै स्वीकृतीको पर्खाइमा छ ।

प्रकाशित मिति: Dec 2, 2020

प्रतिक्रिया दिनुहोस्