Logo
१३ बैशाख २०८१, बिहीबार
(December 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको दृष्टिकोण निजी क्षेत्रप्रति सकारात्मक छ : अर्थमन्त्री पौडेल

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचिन पदाधिकारीहरुसँग बुधबार अर्थ मन्त्रालयमा भेट गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताएका छन् ।

उनले निजी क्षेत्रलाई हतोत्साही तुल्याउने र मनोबल गिराएर उत्पादन, रोजगारी र आर्थिक वृद्धिजस्ता सपना सार्थक तुल्याउन सक्दैनौं भन्ने कुरा सरकारले राम्रोसँग बुझेको बताएका हुन् ।

अर्थभन्त्री पौडेलले कोभिड-१९ को प्रभावलाई केन्द्रमा राखेर बजेटमार्फत् वा मौद्रिक नीतिमार्फत् सम्बोधन गरिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन भएन भन्ने विषयमा आफ्नो ध्यानकेन्द्रित भएको पनि बताए ।

उद्योगी–व्यवसायीहरुले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न आग्रह गरेका थिए ।

संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकोले निजी क्षेत्रको मनोबल कमजोर भएको उनीहरुको भनाइ थियो ।

महासंघका अध्यक्ष शेखर गोल्छाले प्रदेशहरुमा लाग्ने कतिपय करले गर्दा निजी क्षेत्रको मनोबल खस्केको बताए ।

महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको असरका कारण साना र मझौला उद्योग-व्यवसायहरु बन्द हुने अवस्थामा पुगेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

प्रकाशित मिति: Dec 2, 2020

प्रतिक्रिया दिनुहोस्