Logo
१५ बैशाख २०८१, शनिबार
(December 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिमा दाउराबाट लाश जलाउने शवदाह गृह सञ्चालन

पशुपति मन्दिर परिसरमा अब दाउराबाट शव जलाउन सक्ने आधुनिक शवदाह गृह सञ्चालनमा आएको छ ।

वातावरणमैत्री र प्रदूषणरहित शवदाह गृह आजदेखि सञ्चालनमा आएको हो ।  पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शवदाह गृहको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अनावरण गरेका छन् ।

आज एक औपचारिक कार्यक्रममार्फत एभरेष्ट बैंक लिमिटेडले निर्माण गरेको शवदाह गृह पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको छ ।

शवदाह हस्तान्तरण कार्यक्रममा  मन्त्री भट्टराईले दाउराको खपत कम हुने र वातावरण प्रदूषणलाई पनि कम गर्ने भएकाले आधुनिक शवदाह गृह पशुपति क्षेत्रका लागि महत्वपूर्ण हुने बताए ।

पशुपतिमा स्थापना गरिएको आधुनिक मेशिनको प्रयोगबाट शव जलाउँदा दाउराबाटै शव जलाउने हिन्दु संस्कार पनि जीवित रहने अपेक्षा कोषको छ ।

कार्यक्रममा  विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको पनि पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने काम भइरहेको मन्त्री भट्टराईले बताएका छन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतक झण्डै ६० लाख रुपैयाँमा आधुनिक शवदाह गृह निर्माण गरेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले आधुनिक शवदाह गृहमा ६० प्रतिशत दाउरा कम लाग्ने बताए । यो शवदाह गृहमा शव जलाउन बढीमा १ घण्टा १५ मिनेट लाग्ने छ ।

शुपतिका धार्मिक/सांस्कृतिक गतिविधि खुला गर्दा स्थानीय निकाय र सरोकारवाला अन्य पक्षसँग समन्वय गरेर स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न /गराउन पनि मन्त्री भट्टराईले कोषका पदाधिकारीलाई निर्देशन दिए ।

कोभिड-१९ का कारण बन्द रहेका धार्मिक/सांस्कृतिक गतिविधिहरु अब स्वास्थ्य सम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गर्दै खुला गर्दै जाने निर्णय मन्त्रिपरिषद बैठकले गरिसकेकाले आगामी पुस १ बाट पशुपति मन्दिर पनि खुला रहने जानकारी उनले दिए ।

प्रकाशित मिति: Dec 2, 2020

प्रतिक्रिया दिनुहोस्